१७ असार २०८१, सोमबार

 

सडकमै निर्माण सामग्री, स्थानीयको घरभित्र नालीको पानी

बागलुङ । निर्माण व्यवसायीको ढिलासुस्तीको कारण बागलुङ नगरपालिका वडा नम्वर ३ किनारा टोलमा सडकको भल घरभित्र पसेको छ ।

नाली निर्माणमा ढिलाई गर्नुका साथै निर्माण सामग्री सडकमा राखेर काम गरेको कारण गएराती १२ बजे परेको अविरल वर्षाको पानी स्थानीयहरुको घरमा पसेर हिलाम्मे भएको हो ।

किनारा टोलमा हुँदै विएसआर मुभी जाने सडकको नाली निर्माणमा ढिलाई हुँदा भल घरमा पसेको छ । बागलुङ नगरपालिकाले उपभोक्ता समिति मार्फत गराएको कामको जिम्मा लालि गुराँस निर्माण सेवालाई दिएको छ ।

ढलको निकास थुनिएर वस्तीमा पस्दा किनारा टोलका निर्मल श्रेष्ठ, रामेश्वर राजभण्डारी, विश्व राजभण्डारी, लालचन्द्र राजभण्डारीको घरभित्र भल पसेको छ। गएराती १२ बजे नालीको निकास रोकिएर घरमा भल पसेपछि बागलुङ नगरपालिका, वडा कार्यालयको समन्वय र सशस्त्र प्रहरीको सहयोगमा नाली खोलेका थिए ।

नाली निर्माणको चरणमा रहेको र सडकमा समेत निर्माण सामग्री थुपारेका कारण पानीको निकास रोकिना पुगेको हो ।

वर्षातको समयमा सडकमै निर्माण सामग्री राखेर काम गरेका निर्माण व्यवसायी सुरेन्द्र लामालाई स्थानीयले सडकको निर्माण सामग्री हटाउनभन्दा पनि अहिलेसम्म हटाएका छैन् ।

हिउँदमा गर्नुपर्ने काम वर्षातको समयमा गर्दा त्यसको मार स्थानीयलाई परेको छ । बागलुङ बजारमा मुख्य चोकमा नालीको राम्रो व्यवस्था छैन ।

बनेका नाली पनि भत्केका र थुनिएका छन् । वर्षातको समयमा ठुलो पानी परेको खण्डमा पानीको निकास नभएपछि सडकमै बग्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्