१७ असार २०८१, सोमबार

 

मध्यपहाडी लोकमार्गको घोडाबाँधेमा अवरुद्ध सडक नेपाली सेनाले खुलायो

बागलुङ। अविरल वर्षापछि आएको पहिरोलेले अवरुद्ध मध्यपहाडी लोकमार्ग नेपाली सेनाले खुलाएको छ ।

लोकमार्गको बागलुङ–बुर्तिबाङ खण्ड अन्तर्गत घोडाबाँधे मा अवरुद्ध सडक नेपाली सेनाको श्री मेहर गण घोडाबाँधेले सुचारु गरेको हो ।

काठेखोला गाउँपालिका– ५ मा पर्ने लोकमार्गको घोडाबाँधे र रगेनी ९भ्यू टावर नजिक० सडक माथिदेखि झरेको पहिराले सडक अवरुद्ध भएको थियो ।

श्री मेहर गण घोडाबाँधे व्यारेको फौजले पहिरो हटाए पछि विहान ८ बजेबाट एकतर्फि सडक सुचारु गरेको गणका सह सेनानी दुर्गा बहादुर थापाले बताउनु भयो।

अविरल वर्षापछि झरेको पहिरोको कारण मध्यपहाडी लोकमार्ग अन्तर्गत विभिन्न ठाउँमा पहिरो खसेको छ । पन्छाएपछि एकतर्फी संचालनमा आएको छ ।

पहिरोले गएरातिदेखि नै लोकमार्गमा सवारी आवातजावत ठप्प भएको थिए । पश्चिम बुर्तिबाङ, खरबाङ, गलकोटलगायतका ठाउँबाट छोटो तथा लामो दूरीमा चल्ने सवारी साधन बीचमै रोकिएका थिए ।

प्रतिक्रिया दिनुहोस्