१७ असार २०८१, सोमबार

 

बागलुङको गलकोटमा पहिरोले घर पुरिँदा २ जनाको मृत्यु

बागलुङ। बागलुङको गलकोटमा पहिरोले घर पुरिँदा २ जनाको मृत्यु भएको छ ।

अविरल वर्षापछि आएको पहिरोले गलकोट नगरपालिका वडा नम्बर–८ को बिसौनाका प्रेमबहादुर विक र उनकी पत्नी ५० वर्षीया वसन्तीको मृत्यु भएको प्रहरीले हो ।

शनिबार बिहान साढे ३ बजे खसेको पहिरोले विकको घर बगाएको थियो । पुरिएको अवस्थामा दुवै जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

पहिरोले घर पुरिँदा प्रेमकी बुहारी कुमारी विक र नाति शिविर विक घाइते भएका छन् । उनीहरूलाई उपचार गर्न गलकोट नगर अस्पताल पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्