१७ असार २०८१, सोमबार

 

गरिमा डिग्निटी आवासीय माविका १७ जना विद्यार्थी उत्कृष्ट अङ्क ल्याएर एसईई उर्तीण

बागलुङ । गरिमा डिग्निटी आवासीय माध्यमिक विद्यालयका १७ जना विद्यार्थीहरु उत्कृष्ट अङ्क ल्याएर एसईई उर्तीण हुन सफल भएका छन् ।

९ जना विद्याथीले ए र ८ जना विद्यार्थीहरुले विप्लस ल्याएको विद्यालयका प्रिन्सिपल तेजेन्द्र कुँवरले बताउनु भयो ।

एसईईमा उत्कृष्ट नतिजा ल्याउन योगदान गर्नु हुने सम्पूर्ण शिक्षक, कर्मचारी, विद्यार्थी तथा प्रेरणादायी भूमिका खेल्नुहुने अभिभावक सबैमा विद्यालयले धन्यवाद दिएको छ ।

यस विद्यालयका विद्यार्थी रोहित आचार्यले २०७५ मा ३.९५ जीपीए ल्याएर जिल्ला प्रथम भएका थिए ।

अहिले यस विद्यालयका विद्यार्थीहरुले त्यहि परम्परालाई आत्मसाथ गर्दै राम्रो शैक्षिक नतिजा ल्याउन सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस्