१७ असार २०८१, सोमबार

 

बागलुङमा स्कुल टु ओलम्पिक कार्यक्रम सम्पन्न

बागलुङ। विद्यार्थीहरुलाई खेलप्रति प्रेरित गर्ने उद्देश्यले बागलुङमा ‘स्कुल टु ओलम्पिक’ कार्यक्रम गरिएको छ ।

गण्डकी प्रदेश खेलकुद परिषदको आयोजना र बागलुङ नगरपालिकाको सहकार्यमा ओलम्पिक अभियान र ओलम्पियनहरूबारे परिचयात्मक कार्यक्रमसहित स्कुल टु ओलम्पिक कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रममा बोल्दै बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले हरेक क्षेत्रमा सफल हुन मिहिनेत आवश्यक रहेको भन्दै नेपाललाई विश्व सामु चिनाउन खेल क्षेत्रले महत्वपूर्ण भूमिका रहेको बताउनु भयो ।

स्कुलले विद्यार्थीलाई नै खेलाडीका रुपमा तयार पार्न सकेको खण्डमा भविष्यमा ओलम्पियनहरु त्यतिबाट निस्कने श्रेष्ठको भनाई थियो।

कार्यक्रममा बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बराल, बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रमको उद्देश्यबारे ओलम्पिक एशोसियसन नेपालका महासचिव राजेन्द्र भण्डारीले प्रकास पार्नु भएको थियो ।

कार्यक्रम बागलुङ जिल्लाबाट एशियन गेम तथा साफ गेममा प्रतिनिधित्व गर्ने खेलाडिहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा सन् १९८८ मा कोरियामा सम्पन्न २४ औँ ओलम्पिक तथा सन् १९९६ को अमेरिकाको एटलाण्टामा सम्पन्न २६ औँ ओलम्पिकमा एथलेटिक्स तर्फबाट प्रतिनिधित्व गर्ने गोरखाका टिका बोगटि, टिका बोगटि, गोरखा सन् १९८८ मा

कोरियामा सम्पन्न २४ औँ ओलम्पिक तथा सन् सन् १९८८ को कोरियामा सम्पन्न २४ औँ ओलम्पिकमा एथलेटिक्स तर्फबाट प्रतिनिधित्व गर्ने गोरखाका ऋषि प्रधान, सन् १९९६ मा अमेरिकाको एटलाण्टामा सम्पन्न २६ औँ ओलम्पिकमा स्वीमिङ

तर्फबाट प्रतिनिधित्वगर्ने तनहुँका सिताराम शाहि ठकुरी, सन् २००० मा अष्टेलियाको सिड्नीमा सम्पन्न २७ औं ओलम्पिकमा शुटिङ्ग तर्फबाट प्रतिनिधित्व गर्ने बागलुङका भगवती खत्री केसी, सन् २००० मा अष्टेलियाको सिड्नीमा सम्पन्न २७

औं ओलम्पिकमा एथलेटिक्स तर्फबाट प्रतिनिधित्व गर्ने गोर्खाका ज्ञानबहादुर बोहरा, सन् २००४ मा चीनमा सम्पन्न ओलम्पिकमा एथलेटिक्स तर्फबाट प्रतिनिधित्व गर्नु भएको तनहुँका राजेन्द्र भण्डारी, सन् २०१० मा सिंगापुरमा सम्पन्न प्रथम युथ ओलम्पिकमा एथलेटिक्स तर्फबाट प्रतिनिधित्व गर्ने कास्कीका मनिषा अधिकारीले विभिन्न विद्यालयका विद्यार्थीहरुलाई खेल जीवनबारे अनुभव सुनाएका थिए ।

अन्तरक्रियामा ओलम्पियनले बागलुङका विभिन्न विद्यालयका विद्यार्थीसँग अनुभव साट्दै उनीहरूको जिज्ञासामा जवाफ दिए।

विभिन्न विद्यालयमा पुगेर विद्यार्थीहरुसँग खेलकुदप्रतिको भावना बुझाउन र स्कुल टु ओलम्पिक कार्यक्रमले खेलकुदतर्फ आकर्षित हुन प्रेरणा मिल्ने बताएका थिए भने जिल्लामा खेल पूर्वाधारको कमी रहेकोले त्यसको उचित व्यवस्थापन हुन जरुरी रहेको बताए ।

प्रदेश खेलकुद परिषद गण्डकी प्रदेशका सदस्य सचिव श्रीधर शर्माको अध्यक्षता, जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष समीक्षा थापाको स्वागत र नगरपालिकाका महिला तथा बालबालिका शाखाका रचना आचार्यको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा सन राइज आवासिय माविका विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्