१७ असार २०८१, सोमबार

 

भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री थापाका छोरा प्रतीक थापा पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका प्रतीक थापा पक्राउ परेका छन् ।

पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा थापालाई प्रहरीले बौद्धबाट केहीबेर अघि प्रहरीले पक्राउ गरेको हो ।

बादल गृहमन्त्री भएका बेला उनी केही समय स्वकीय सचिव समेत बनेका थिए ।

तर, मन्त्रालयमा उनको भूमिका विवादित भएपछि स्वकीय सचिवबाट हटाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्