१७ असार २०८१, सोमबार

 

बागलुङ नगर खानेपानी १८ करोड ऋणमा, व्याज तिर्न समेत समस्या भएपछि शुल्क वृद्धि

बागलुङ । बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानीको न्युनतम महशुल वृद्धि गरेको छ ।

न्युनतम प्रति आठ युनिटको एक सय रुपैयाँ महशुल लिँदै आएको संस्थाले आगामी भदौ १ गतेदेखि लागु हुनेगरी प्रति दश युनिट पानीको महशुल ३ सय रुपैयाँ पुर्याएको हो ।

बिहीबार संस्थाका कार्यवाहक अध्यक्ष हरिबहादुर जिसीको अध्यक्षतामा बसेको बैठकले खानेपानीको न्यूनतम महशुल दुई सय प्रतिशतले वृद्धि गरेको हो ।

नगर विकास कोषसँग लिएको ऋणलाई पुनरतालिका गरेर मर्मत संहारका लागि ऋण लिनुपर्ने भएकाले स्रोत सुनिश्चित गर्न महशुल बढाउनु परेको उपाध्यक्ष जिसीको भनाई छ ।

नगर विकास कोषसँग ऋण लिने बेला नै महशुल वृद्धि गर्ने सहमति भए अनुसार ऋण तिर्ने स्रोत जुटाउन महशुल वृद्धिको निर्णय गरिएको जिसीलेको भनाई छ ।

उनले असजिलो परिस्थिति आएकाले महशुल वृद्धि गर्नुपरेको बताए । तत्कालिन अध्यक्षक्ष केवि राना मगरले २०६८ साल पौष १२ गते नगर विकास कोषसँग ऋण लिने बेला महशुल वृद्धि गर्ने सहमति गरेको जिसीले बताउनु भयो ।

बैठकले नगर विकास कोषको असार मसान्तमा तिर्न पर्ने २ करोड ८१ लाख किस्ता तथा व्याज भुक्तानी गर्ने र खानेपानी आयोजना मर्मतका लागि थप ऋण लिने प्रक्रियामा सहभागि हुन महशुल बढाउने निर्णय समेत गरेको छ ।

नगर खानेपानीले विभिन्न चरणमा गरि नगर विकास कोषसँग लिएको १८ करोड ऋण तिर्न बाँकी रहेको छ । करोडौ ऋण लिएको नगर खानेपानीले उपभोक्ताको मोटो बक्यौता रकम उठाउन सकेको थिएन् ।

नयाँ समिति आएपछि भने बक्यौता रकम घटाएको कार्यबहाक अध्यक्ष जिसीले बताउनु भयो ।

 

प्रतिक्रिया दिनुहोस्