१७ असार २०८१, सोमबार

 

ग्लोबल आइएमई बैंक बागलुङ शाखाका प्रबन्धक शर्मालाई ज्यान मार्ने धम्की दिएको छैन् : मल्ल

बागलुङ । क्रसर व्यवसायी यामबहादुर मल्लले विभिन्न समाचार माध्मममा बिहीबार प्रकाशितरप्रसारित ‘प्रबन्धक शर्मालाई ज्यान मार्ने धम्की दिएको भन्दै क्रसर व्यवसायी मल्लविरुद्ध प्रहरीमा उजुरी’ शीर्षकको समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएका छन्।

मल्लले शुक्रबार खण्डनपत्रमार्फत ग्लोबल आइएमई बैंक बागलुङ शाखाका प्रबन्धक तथा बैंकर्स बागलुङका अध्यक्ष हेमराज शर्मालाई ज्यान मार्ने धम्की नदिएको उल्लेख गरेका छन् ।

खण्डनमा भनिएको छ, “ मेरो श्रीमतीको नाममा ग्लोबल आइएमई बैंक रहेको पैसा निकाल्न जादा ग्लोबल आइएमई बैंक बागलुङ शाखाबाट खाता रोक्का भएको मौखिक जानकारी दिएको र सो बारेमा लिखित जानकारी माग्दा नदिएकोले के कारणले खाता रोक्का भएको भनि शाखा प्रमुखलाई जानकारी मात्र मागेको हो, धम्की दिएको हैन ।”

आफू राजनीतिकर्मी र जलजला गाउँपालिकाको पूर्वअध्यक्षसमेत भएकोले आफूले सो कार्य नगरेको जनाएका हुन् ।

बिहीबार ग्लोबल आइएमई बैंक बागलुङ शाखा तथा बैकर्स बागलुङले मल्ले फोन तथा म्यासेज मार्फत ज्यान मार्ने धम्की दिइएको भन्दै जिल्ला प्रहरी कार्यालय बागलुङमा प्रबन्धक शर्माले उजुरी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्