१७ असार २०८१, सोमबार

 

एसईई नतिजा : बागलुङ जिल्ला प्रथम भइन् चिल्ड्रेन लाइफकी अपेक्षा श्रेष्ठ

बागलुङ । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा चिल्ड्रेन लाइफ इङ्लिस बोर्डिङ स्कुलका छात्रा अपेक्षा श्रेष्ठ जिल्ला प्रथम भएकी छन्।

श्रेष्ठ ३.९६ जिपिए सहित उत्कृष्ट नतिजा ल्याउन सफल भएकी हुन् । विद्यालयबाट ७० जना विद्यार्थीहरु मध्ये २९ जना विद्यार्थीले ए प्लस, ३८ जना विद्यार्थी ए, ३ जना विद्यार्थी बी प्लस प्राप्त गरी शतप्रतिशत उत्तीर्ण भएको चिल्ड्रेन लाइफ इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल नवराज श्रेष्ठले बताउनु भयो ।

गत वर्षको एसइईको परीक्षामा चिल्ड्रेन लाईफ इङ्लिस बोर्डिङ स्कुलबाट ३ जनाले ४ जिपिए ल्याएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्