१७ असार २०८१, सोमबार

 

उत्कृष्ट कार्य गरेकाले नयाँ जिवन पुनःस्थापना केन्द्र गृह मन्त्रालयबाट सम्मानित

बागलुङ । लागु औषध प्रयोगकर्ताहरुको उपचार तथा पुनःस्थापना कार्यमा उत्कृष्ट कार्य गरेकाले नयाँ जिवन पुनःस्थापना केन्द्र बुधबार सम्मानित भएको छ ।

नयाँ जिवन पुनःस्थापना केन्द्रलाई लागु औषध प्रयोगकर्ता युवाहरुको उपचार, उनीहरुमा सकरात्मक सोच निर्माण र समाजमा पुनःस्थापनाका लागि महत्वपूर्ण योगदान दिएको भनि लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा गृह मन्त्रालयले  एक लाख नगद र सम्मान पत्रले सम्मानित गरेको हो ।

गृह मन्त्रालयका सहसचिव एवं मुख्य औषध नियन्त्रण अधिकारी गोगनबहादुर हमालले नयाँ जिवन पुनःस्थापना केन्द्रलाई प्रशांसा पत्र प्रदान गर्नु भएको हो ।

बागलुङ नगरपालिका-४ कुँडुलेमा सञ्चालित नयाँ जिवन पुनःस्थापना केन्द्रले २०७४ कार्तिक २७ गते गृह मन्त्रालयबाट आवद्धता लिएको थियो ।

लागु औषध प्रयोगकर्ता युवाहरुको मानसिक र शारीरिक स्वास्थ्यमा सुधार ल्याउन र उनीहरुलाई समाजमा फेरि नयाँ ढंगले अगाडि बढाउन हामीले गरेको नमुना कार्यको मूल्याङकन गरी सम्मानित गरेको नयाँ जिवन पुनःस्थापना केन्द्रका सञ्चालक सञ्जय खड्काले नयाँ विश्वलाई बताउनु भयो ।

त्यस्तै नेपालमा लागुऔषध उपचार तथा पुनःस्थापना केन्द्र सन् १९७६ मा सुरु भएको थियो। हाल २५० भन्दा बढी उपचार केन्द्रहरु सञ्चालनमा रहेका छन्।

गह मन्त्रालयले विं सं २०७६ मा प्रकाशन गरेको एक प्रतिवेदन अनुसार देशभर करिब १ लाख ३० हजार ४ सय २४ जना लागूऔषध प्रयोगकर्ताहरू रहेका थिए।

कुल लागूऔषध प्रयोगकर्ता मध्ये ७ प्रतिशत महिला प्रयोगकर्ताहरू पाइएको थियो।

लागूऔषध प्रयोगकर्ताहरूको संख्या २०६३ सालको पहिलो सर्वेक्षणको तुलनामा तीन गुणाले बढेको र प्रत्येक वर्ष ५ .०६ प्रतिशतको दरले बढ्दै देखाएको हो।

८९.४ प्रतिशत मानिसले साथीसँगको दबाबमा लागू औषध प्रयोग गर्ने गरेको पाइएको छ ।

त्यस्तै युवाहरुले मनोरन्जनको लागि ७१.१ प्रतिशत, उत्सुकता ६२.५ प्रतिशत, खुसी हुन ४५.६ प्रतिशत, मानसिक तनाव ३०.६ प्रतिशत, पारिवारिक समस्या १८.९ प्रतिशत, डिप्रेसन १४.९ प्रतिशत र ८.९ प्रतिशत पढाईमा समस्या भएकाहरुले पनि लागू औषध प्रयोग गर्ने गरेका छन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस्