१५ असार २०८१, शनिबार

 

बागलुङमा आकस्मिक स्वास्थ सम्बन्धी जनचेतनामूलक कृतिम घटना अभ्यास

बागलुङ। बागलुङमा आकस्मिक स्वास्थ सम्बन्धी जनचेतनामूलक कृतिम घटना अभ्यास गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाको आयोजनामा भएको कार्यक्रममा गण्डकी प्रदेश प्रहरी विपद व्यवस्थापन गुल्मको प्राविधिक सहयोग ,धौलागिरि बहुमुखी क्याम्पस र गण्डकी प्रदेश स्वास्थ्य कार्यालय बागलुङको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो ।

धौलागिरि बहुमुखी क्याम्पस प्राङ्गणमा सम्पन्न कार्यक्रममा अहिले वर्षाको मौसममा गाउँ घरमा आउने खानेपानी कसरी दुसित हुन्छ, त्यसले स्वास्थ्यमा कस्तो असर गर्दछ, प्रकोप फैलिएपछिको उद्धार, प्राथमिक उपचार र वर्षातको समयमा पानी शुद्व पिउने बनाउ तरिका बारेमा कृत्रिम घटना अभ्यास गरिएको थियो ।

त्यस्तै घरमा प्रयोग गर्ने ग्यास बिस्फोट हुदा कसरी सतर्क रहने, अपनाउनुपर्ने पूर्व तयारी, स्थानीय स्रोत साधनको प्रयोग सम्बन्धमा जानकारी गराउने उद्देश्यले कृतिम घटना अभ्यास गरिएको हो ।

गण्डकी प्रदेश प्रहरी विपदका टोलीले बागलुङका सदरमुकाममा रहेका विभिन्न विद्यालयका विद्यार्थीहरू शिक्षक लगायत कार्यक्रममा उपस्थित स्थानीयलाई प्रत्येक्ष रूपमा कृत्रिम घटना अभ्यास गरेको थियो ।

कार्यक्रममा बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले यस्ता खाले अभ्यासले प्रकोप तथा महामारीबाट जोगिन तथा उद्धार सामग्रीको पूर्वतयारी गर्न सहयोग पुग्ने बताउनु भयो।

नेपाल रेडक्रस सोसाइटीले जिल्लामा मनसुनजन्य विपद प्राथमिक स्वास्थ शिक्षा लगायतका तालिम संचालन गर्दै आएको छ ।

नेपाल रेडक्रस सोसाइटीका सभापति जगन्नाथ आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपसभापति सीता शर्माले र रेडक्रसका मन्त्री भवानी कँडेलको संचालनमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्