१५ असार २०८१, शनिबार

 

अन्तराष्ट्रिय कबड्डी प्रतियोगितामा विजयी खेलाडीलाई गृह जिल्ला बागलुङमा सम्मान

बागलुङ। जिल्ला कबड्डी संघ बागलुङले खेलाडी सम्मान गरेको छ। बंगलादेशमा सम्पन्न भएको बंगबन्धु अन्तराष्ट्रिय कबड्डी प्रतियोगितामा द्धितिय स्थान हासिल गर्न सफल नेपाल राष्ट्रिय कबड्डी टिमका सदस्य समेत रहेका बागलुङका खेलाडी विशाल थापालाई जिल्ला कबड्डी संघ बागलुङले सम्मान गरेको हो।

सम्मान कार्यक्रममा बोल्दै जिल्ला खेलकुद विकास समिति बागलुङका अध्यक्ष कुमार खड्काले विशाल थापाले सिंगो बागलुङको गौरव बढाएको बताउनु भयो ।

सम्मान कार्यक्रममा ओलम्पियन भगवती केसी, जिल्ला फुटबल संघ बागलुङका अध्यक्ष जय राजभण्डारी, थापा अध्ययनरत कालिका कन्यामन्दिर माध्यमिक विद्यालयका प्रधानध्यापक धनराज सापकोटा, अन्य सुटिङ प्रशिक्षक लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रम जिल्ला कबड्डी संघ बागलुङका अध्यक्ष सन्दिप पन्तको अध्यक्षता, सचिव सुरेन्द्र शाक्यको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्