१५ असार २०८१, शनिबार

 

पञ्चकोटको हिसाब पारदर्शी नभएको भन्दै नागरिक निगरानी संस्थाद्वारा छानबिनको माग

बागलुङ । भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्था बागलुङले पन्चकोटको अहिलेसम्मको हिसाबकिताब पारदर्शी नभएको भन्दै छानबिन गर्न माग गरेको छ ।

संस्थाका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठको अध्यक्षतामा भएको बैठकले बागलुङ नगरपालिका वडा नम्बर ६ सर्वसिद्विधाम पन्चकोटमा गत फागुन ९ गतेदेखि २३ गतेसम्म भएको अनन्त श्री ब्राह्मण्डीय महायज्ञमा अनियमितता भएको भन्ने व्यापक जन गुनासो आएको कारण छानबिनको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरामा लिखत रूपमा उजुरी गर्ने निर्णय भएको छ ।

झण्डै ११ वर्षदेखि पन्चकोट निर्माण कार्यमा अनियमितता भएको भन्दै छानबिन गर्न जनस्तरबाट समेत आवाज उठेको कारण भ्रष्टाचार विरूद्व नागरिक सचेतनाको लागि जिल्ला प्रशासन कार्यालय र गृह मन्त्रालयमा समेत जाने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्