१७ असार २०८१, सोमबार

 

लायन्स क्लव आफ गौरीधामद्वारा विपन्न परिवारको स्वास्थ्य विमा

बागलुङ । लायन्स क्लव आफ गौरीधाम बागलुङले ३ परिवारका १६ जनाको स्वास्थ्य विमा गरेको छ ।

सामाजिक सेवामा क्रियाशिल क्लवले बागलुङ नगरपालिका ४ रमेटारमा अस्थाइ रुपमा वस्ने निम्न आर्थिक अवस्था भएका परिवारको स्वाथ्य विमा गरेको हो ।

आर्थिक अभावमा स्वास्थ्य सेवा पाउनबाट कोही पनि वञ्चित नहोऊन् भन्ने उदेश्यले ३ परिवारका १६ जना सदस्यलाई स्वास्थ्य बीमामा आबद्ध हुँदा लाग्ने ११ हजार २ सय रकम सहयोग गरि स्वास्थ्य विमा गरेको क्लवले जनाएको छ ।

क्लवले प्रेम बहादुर कुँवरको ६ जनाको परिवार, प्रेम बहादुर सार्कीको ५ र सलादिन मियाको ५ जनाको परिवारको स्वास्थ्य विमा गरेको हो ।

विमा गर्न बागलुङ नगरपालिका वडा नम्वर ४ का वडा सदस्य गोविन्द पुनले नगद ५ हजार सहयोग गरेको र बाकी ६ हजार २ सय आफैले सहयोग गरेको क्लवका अध्यक्ष पिंगाल जिसीले बताउनु भयो ।

कार्यक्रममा लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रीक्ट ३२५ जे नेपालका लियो चियर पर्शन नरेश कँडेलले सहयोगले विमित विमाले विपन्नको स्वास्थ्य उपचारमा सहयोग पुग्ने बताउनु भयो । आर्थिक अभावका कारण कुनै पनि नागरिक स्वास्थ्य उपचार सेवाबाट वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले गरिएको विमाबाट विपन्न नागरिकको परिवारको निःशुल्क उपचार सेवा पाउने विश्वास व्यक्त गर्नु भयो ।

कार्यक्रममा स्वास्थ्य विमा अभिकर्ता सरिता शर्मा गौतमले विमा सेवा र सुविधाका बारेमा जानकारी दिनु भएको थियो । कार्यक्रमको संचालन क्लवका सहसचिव कोपिला कँडेलले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्