१५ असार २०८१, शनिबार

 

धरौटीमा छुटे व्यवसायीको पसल तोडफोड गर्ने भण्डारी र जिसी

बागलुङ । व्यवसायीको पसल तथा सवारी साधनमा तोडफोड गरेको आरोपमा पक्राऊ परेका २ जना धरौटीमा छुटेका छन् ।

बागलुङ उद्योग वाणिज्य संघले दिएको जाहेरी दरखास्तको आधारमा तोडफोडमा संलग्न बागलुङ नगरपालिका १० का ४६ वर्षीय कृष्ण भण्डारी र बागलुङ नगरपालिका ८ का हरि जिसी बुधबार १५, १५ हजार धरौटीमा छुटेका हुन् ।

बुधबार जिल्ला प्रशासन कार्यालयले धरौटीमा छाड्ने निर्णय गरेको र अन्य कानुनी प्रक्रिया र अनुसन्धानको काम भने बाँकी नै रहेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालले नयाँ विश्वलाई बताउनु भयो ।

उनीहरुलाई दिलिसा भण्डकीको मृत्यु प्रकरणमा बागलुङ बजार बन्द आव्हान गर्दै विभिन्न पसलहरु र सवारी साधनमा तोडफोडमा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ गरेको थियो। भण्डारीलाई गत शुक्रवार र जिसीलाई मंगलबार नियन्त्रणमा लिइएको थियो ।

बन्दको नाममा बागलुङ बजारका व्यवसायीको पसल भित्र पसेर तोडफोड गरेपछि बागलुङ उद्योग वाणिज्य संघले उनीहरु विरुद्ध जिल्ला प्रहरी कार्यालय, बागलुङमा अभद्र व्यवहारको मुद्धा दायर गरेको थियो ।

संघले कसैलाई नियत वस कारवाहीभन्दा पनि नेपालको कानुन अनुसार कसैको नीजि सम्पतीमा क्षती पु¥याउनु हुँदैन भन्ने नजिर स्थापित भएको बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कँडेलले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्