१५ असार २०८१, शनिबार

 

जैमिनीबाट ग्रामीण क्षेत्र जोड्ने सडक कालोपत्र हुँदै, स्थानीय जनतामा खुसीको लहर

बागलुङ । बागलुङको जैमिनी नगरपालिकाको केन्द्र कुश्मीसेराबाट सर्कुवा बिहारथला तथा बिनामारे अर्जेवा,जैदी, छिस्ती जोड्ने सडक कालोपत्रे सुरु भएको छ ।

सडकको जिरो पोइन्ट मौलाछबाट कालोपत्रेको काम भैरहेको हो । संघिय सरकार र जैमिनी नगरपालिकाकोको साझेदारीमा एक करोडको लागतमा सडक कालोपत्र गर्न थालिएको हो ।

आर्थिक वर्ष २०६२र०६३ सालमा ट्रयाक खुलेको सडक १८ वर्षपछि कालोपत्र हुन थालेपछि स्थानीय पनि हर्षित भएका छन् । लामो समयसम्म सडक कालोपत्र नहुँदा यस क्षेत्रका स्थानीयले सास्ती खेप्दै आएका थिए ।

यस वर्ष कुश्मिसेरादेखि ४ सय ५० मिटरमाथिसम्म सडक फराकिलो बनाउने, नाली निर्माण गर्ने र कालोपत्र गरिनेछ । सडक कालोपत्रको जिम्मा पाएको कोन्डा कन्स्ट्रक्सनले काम गरिरहेको छ ।

यस वर्षको काम अन्तिम चरणमा पुगेको जैमिनी नगरपालिकाका नगर उपप्रमुख हरिहर शर्माले नयाँ विश्वलाई बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्